Trending

कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री खाँणको कथन

685Views
0 Shares

काठमाडौं । माघ २ गते
कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनु भएको छ । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आज काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनु भएको हो । १९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो ।

गृहमन्त्री खाँणले विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र आन्तरिक समन्वय बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ । नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने गृहमन्त्री खाँणको भनाई छ । गृहमन्त्री खाँणले प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दक्खल दिइरहेकाले कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नुपरेको जिकिर गर्नु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय