Trending

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्छ – यादवचन्द्र शर्मा

715Views
0 Shares

काठमाडौं । माघ २ गते
भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको भनाई छ । आज २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देश जारी गर्दै विभिन्न समयमा गएका भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूमा श्रद्धाञ्जलीसमेत व्यक्त गर्नु भएको छ ।

२ माघ १९९० मा गएको भूकम्पको त्रासद सम्झनामा यो दिवस मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै उहाँले १२ वैशाख २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको बताउनु भएको छ । उहाँले भूकम्पबाट क्षति भएका संरचनाहरू पुनर्निर्माण एवं पुनःस्थापनाको कार्यमा लाग्ने र सहयोग पुर्‍याउने सम्बन्धित सम्पूर्ण पक्षहरूमा धन्यवाद व्यक्त गर्नु भएको छ ।

प्रमुख शर्माले भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औं स्थानमा रहेको तथ्यलाई मध्यनजर गर्दै पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिए यसबाट जनधनको क्षति कम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । आजका दिनलाई औपचारिकतामा सीमित नगरी नागरिकलाई भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने वातावरण बनाउन आग्रह गर्दै यो दिवसले सचेत र सुरक्षित रहन सबैलाई प्रेरित गरोस् भन्ने प्रमुख शर्माले शुभकामना व्यक्त गर्नु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय