Trending

कर्णालीका ६ जिल्लामा एमाले नेतृत्व टुंगियो,दैलेखमा पुनः मतदान हुने

850Views
0 Shares

 

काठमाडौं । पुष २९ गते
नेकपा (एमाले)को कर्णाली प्रदेशका ६ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सुर्खेत, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला र रुकुम पश्चिममा निर्वाचन र सहमतिमा नेतृत्व चयन भएको छ ।अधिवेशन चलिरहेको कालीकोटमा बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदै । दैलेखमा भने फर्जी मत भेटिएपछि पुनः निर्वाचन गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । अन्य दुई जिल्ला मुगुमा बुधबार र हुम्लामा माघ २३ गते अधिवेशन मिति तोकिएको छ ।

सुर्खेतको अध्यक्षमा अमृत बिसी, सल्यानमा गोविन्दकुमार पुन, जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, जुम्लाको अध्यक्षमा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । यी ६ जिल्लामध्य सुर्खेत र जाजरकोटमा निर्वाचन गरिएको थियो भने अन्य चार जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय