Trending

आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दाबी

955Views
0 Shares

काठमाडौं । पुष ७ गते
आगामी तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो र बलियो दलका रुपमा स्थापित हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ । नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा कुनै भविष्यवाणी नभई जनमतको तथ्य भएको उल्लेख गर्नु भएको थियो ।

महामन्त्री शर्माले आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने प्रण गर्दै पार्टी प्रतिको युवाको आशालाई विश्वासमा रुपान्तरण गर्ने बताउनु भएको छ । नेपालको संविधानले प्रेस स्वतन्त्रताका सम्बन्धमा प्रदत्त गरेका अधिकार कुण्ठित हुने कुनै पनि कानुन आउन नदिन अडिग रहेको बताउदै महामन्त्री शर्माले आफू र आफ्नो पार्टीले सदैव स्वतन्त्र मिडियाका पक्षमा रहेको स्पष्ट पार्नु भएको थियो ।

महामन्त्री शर्माले आफू पनि कुनै बेला मिडियाकर्मी भएको स्मरण गर्दै सदैव मिडियामैत्री भएर काम गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।पार्टीको केन्द्रीय कार्यसमितिभन्दा बाहिर रहेका नेतृत्वपङ्तिको भावनालाई पनि समेटेर अघि बढने बताउँदै महामन्त्री शर्माले त्यसका लागि आफू र नेतृत्वले संयोजन गर्ने उल्लेख गर्नु भएको थियो । उहाँले मुलुकको समृद्धिका लागि भौतिक पूर्वाधारका साथै सामाजिक रुपान्तरण पनि अपरिहार्य रहेको जिकिर गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय