• Home
  • ताजा समाचार
  • नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान आज
Image

नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान आज

काठमाडौं । पुष ७ गते
आज नेपाली कांग्रेस प्रदेश–२ को पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान हुँदैछ । कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ ।संशोधित निर्वाचन कार्यतालिका अनुसार आज बिहान ६ बजेदेखि साढे सात बजेसम्म दाबी विरोध र उम्मेदवारी फिर्ता गर्ने समय दिइएको छ ।

विहान ८ बजे अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि ९मतदाता०ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ । प्रदेश सभापतिमा कृष्णा प्रसाद यादव र रामसरोज यादव उम्मेदवारी दिएका छन् । कृष्णालाई शेरबहादुर देउवा र रामसरोजलाई विमलेन्द्र निधि–शेखर कोइराला समूहको समर्थन छ । दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *