Trending

सिद्धार्थनगरमा अपांगता परिचयपत्र वितरण

1.0kViews
0 Shares

भैरहवा, ६ भदौ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भित्र रहेका अपाङ्गता भएका मानिसलाई परिचयपत्र वितरण गरिएको छ । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चार प्रकार क, ख, ग, घ मा वर्गीकरण गरी अपांगता परिचयपत्र वितरण गरेकाे नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिको संयोजक उमा अधिकारीले बताइन् ।

‘शारीरिक रुपमा अशक्त भएपनि राज्य वा अन्य कुनै निकायबाट सेवा सुविधा प्राप्तिका लागि उनीहरूसँग कुनै आधार थिएन्,’ संयोजक अधिकारीले भनिन्, ‘वितरण गरिएको परिचयपत्रले उनीहरूलाई सहज हुने विश्वास लिएका छौँ ।’

अपाङ्गता परिचय पत्रका लागि उनीहरूले अपांगता परिचयपत्र वितरण समन्वय समितिमा निवेदन दिएपश्चात चिकित्सक समेत रहेको समितिले परिचय पत्रका लागि सिफारिस गर्ने गरेको छ । सिफारिसपश्चात् फोटोसहितको परिचयपत्र नगरपालिका कार्यालयले वितरण गर्ने गरेको उनले बताइन । 

समितिका सदस्य सचिव विवेककुमार खनालका अनुसार अपाङ्गता परिचय पत्रका लागि समितिमा ३८ वटा निवेदन परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय