Trending

लक्की मिडिया अवार्डकाे बैकिङ पार्टनर कृषि विकास बैंक

230Views
0 Shares

चितवन, १ असार । चितवनमा हुन लागेको एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड २०८० को लागि कृषि विकास बैंक लिमिटेड र लक्की मिडिया हाउस चितवनबीच सम्झौता भएको छ । कार्यक्रमको बैकिङ पार्टनरका लागि दुई पक्षबीच सम्झौता भएको हो ।

कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमद, बरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, नारायणगढ शाखाका प्रवन्धक दिपक बराकोटी र लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ बीच सम्झौता गरिएको छ ।

चितवनमा हुन लागेको राष्ट्रियस्तरको कार्यक्रमलाई सफल बनाउनका लागि बैँकको तर्फबाट सहयोग गर्न पाउँदा आफुलाई खुसी लागेको कृषि विकास बैँक लिमिटेड प्रदेश कार्यालयका निर्देशक खुर्सेद अहमदले बताए ।  नेपालमा २८५ भन्दा बढी कार्यालय र शाखाहरुले सेवा दिदै आएको कृषि विकास बैँकले नेपाली कृषि क्षेत्रको उन्नतीका लागि किसानहरुको सारथीको रुपमा काम गर्दै आएको छ ।

चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्न आयोजना गरिएको अवार्ड कार्यक्रमका लागि कृषि विकास बैँकको तर्फबाट बैकिङ्ग पार्टनको रुपमा गरिएको सहयोग प्रति लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले धन्यवाद ज्ञापन गरे । 

लक्की मिडिया हाउसले रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शो, एकल साँझ, विभिन्न सांगितिक कार्यक्रमहरु, सम्मान कार्यक्रम गर्दै सिने क्षेत्रको प्रवद्र्धनका लागि काम गर्दै आइरहेको छ । लक्की मिडिया हाउसले चितवनमा गर्न लागेको अवार्ड वितरण कार्यक्रमको तयारीलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Partly Cloudy
5:28 am7:01 pm +0545
Feels like: 28°C
Wind: 6km/h E
Humidity: 68%
Pressure: 1008.13mbar
UV index: 0
6 am7 am8 am9 am10 am
27°C
30°C
32°C
35°C
37°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C
42°C / 27°C

प्रिय न्युज


लोकप्रिय