Image

हार्डवेयर सप्लायर्ससँग संगीत रोयल्टी सम्झौता

काठमाडौं, ३१ जेठ । प्रस्तोता समाज नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल र महालक्ष्मी इन्टरनेसनल तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको छ ।

प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, संगीत रोयल्टी संकलन समाज नेपालका कोषाध्यक्ष वसन्त सापकोटा र संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा महालक्ष्मी इन्टरनेसनलका सञ्चालक रामकुमार राय तथा पञ्चकन्या हार्डवेयर सप्लायर्सका सञ्चालक विनोद खड्काबीच गीत संगीतको सार्वजनिक प्रयोग भएवापत रोयल्टी संकलनको सम्झौता भएको हो ।

‘गीत संगितको सार्वजनिक प्रयोग वापतको संगित रोयल्टी संकलन गर्ने कानुनी प्रावधान भएकोले समाजले पहिचान गरेको क्षेत्रहरु होटल रेष्टुरेन्ट, जिम हल, ब्यूटिपार्लर, डिपार्टमेन्टल स्टोर, सैलुनलगायत ब्यापारिक प्रयोजनका लागि खोलिएका सम्पुर्ण पसललाई गीत संगितको लाईसेन्सिङ गर्ने अधिकार भए बमोजिम हार्डवयर पसल पनि पनि सार्वजनिक पसल वा गोदाम भएको हुनाले समाजले संगित प्रयोग गर्नको लागि इजाजत पत्र(लाईसेन्स) प्रदान गरेका हौ’, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष मगरले भने ।

उनले प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ बमोजिम गठित संस्थाले प्रतिलिपि अधिकार ऐन २०५९ को नियमावली ६१ को नियम १० मा उल्लेख भए बमोजिम गीत संगीतको सार्वजनिक प्रयोग भएवापत सिर्जित संगीत रोयल्टी संकलनको काम गरिरहेको बताए । सम्झौता कार्यक्रममा उपस्थित आफ्नै हार्डवेयर सप्लायर्सका सञ्चालक शेखर वाग्लेले कलाकारहरुसँग संगीत रोयल्टी र आफ्नो व्यवसायबीच सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni ८ महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *