सोनाम ल्होसारले धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बर्द्धन गर्न महत्वपूर्ण योगदान गर्ने–यादवचन्द्र शर्मा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ १९ गते
सोनाम ल्होसारले धर्म, संस्कृति, रिती–रिवाज तथा परम्पराको सम्बर्द्धन गर्न महत्वपूर्ण योगदान गर्ने बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताएका छन् । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार अवसरका अवसरमा शुभकामना दिँदै उनले समाजको मूल चरित्र भन्नु नै विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् बन्धुत्व र पारस्परिक मेलमिलाप भएको बताए ।प्रमुख शर्माले यी र यस्तै राष्ट्रिय धरोहरप्रति सबैले गौरव बोध गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले देश भित्र र बाहिरका समेत विभिन्न मुलुकहरुमा छरिएर रहेका तामाङ समुदायले हर्षोल्लाषमय वातावरणमा मनाउन अनुरोध गरे ।प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्, ‘तामाङ समुदायले चलाई आएको पञ्चाङ्ग अनुसार आजबाट एउटा वर्ष पूरा भई अर्को वर्ष सुरु भएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि