सिजनालाई स्पेस एण्ड डिजाइन एक्सो–२०२३ उपाधि

1.4kViews
0 Shares

काठमाडौं, ३ असार

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइनको आयोजनमा पहिलो पटक भएको ‘स्पेस एण्ड डिजाइन एक्सो’मा सहभागीमध्ये सजिना सुवालले पहिलो उपाधि हात पारेकी छन् ।  

त्यस्तै आईआईएफटीमा अध्यनरत छात्रछात्राहरुको प्रतियोगितात्मक एक्स्पो कार्यक्रममा इन्टरियरहरुको छाता संगठन आइडिया नेपालका पधाधिकारीहरुको निर्णयमा पबिन कार्की र स्वस्तिका राजभण्डारी क्रमशः द्वितिय र तृतीय हुँदा दीक्षित खड्का ‘पब्लिक च्वाइस’ घोषित भए ।

विजेताहरुलाई सांसद प्रदिप पौडेल र पूर्वमन्त्री भीमसेन दास प्रधानले नगद तथा ट्रफी वितरण गरेका थिए ।  नेपोभीट टैल्सको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रममा आईआईएफटीकी निर्देशक विपना थापाले एक्स्पोले नयाँ पुस्तामा भएको प्रतिभालाई उजागर गर्ने अपेक्षा राखेको बताइन् । सिटी सेन्टरमा गत शुक्रबारदेखि शनिबारसम्म सञ्चालन भएको एक्स्पोमा आईआईएफटीका अध्ययन गर्ने ५१ जना विद्यार्थीहरुले आ–आफ्ना डिजाइनमा क्याफेका मोडेलहरु तयार परेर प्रदर्शनीमा राखेको थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय