सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने छ–महेश बस्नेत
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ २६ गते
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव पनि दर्ता हुनसक्ने नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले टिप्पणी गर्नु भएको छ ।मंगलबार राजधानीमा अयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले सभामुखले आफ्नो कदम नसच्याए महाअभियोग ल्याउनसक्ने एउटा परिस्थिति सिर्जना हुने बताउनु भएको हो ।
बस्नेतले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउनको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको पनि बताउनु भएको थियो । उहाँले सभामुखले सदनमा अभिभावकिय भूमिका निर्वाह गर्नसक्नुपर्ने जिकिर गर्नु भएको थियो । सवैको दवावका कारण सरकारले बैंशाखमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै यसलाई सफल उहाँको भनाई थियो । सत्ता पक्ष र सरकारले धारणा बनाएपछि मात्रै एमालले एमसीसीका बारेमा धारणा तय गर्ने उहाँको भनाई थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि