सभामुख अग्नि सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । फागुन ८ गते
आज बिहान १० बजेका लागि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ । प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।बैठकमा प्रतिनिधिसभाको कार्यसूचीबारे छलफल गरिने छ।मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसदमा टेबल हुने नहुने निश्चित भने छैन।
तर, प्रमुख सत्तारूढ दल कांग्रेस र एकीकृत नेकपा समाजवादी एमसिसी संसदमा टेबल गर्न सहमत भइसकेका छन्।एकीकृत समाजवादीले शनिबार मात्रै एमसिसी टेबल गर्न दिने निर्णय गरेको छ। एमसिसी संसदमा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्र भने सकारात्मक छैन।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक १० बजे बोलाएका छन्। भरसक सहमतिमै एमसिसी संसदमा टेबल गर्ने रणनीति उनको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि