Trending

सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष पदमा जसपा युवा नेता शिव कुमार साहको दावेदारी

915Views
0 Shares

आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ ।

[the_ad id=”2276″]

स्थानीय तहको निर्वाचन अगामी बैशाख ३० गते गर्ने घोषणा सँगै चुनावी चहल पहल अन्तर्गत पर्साको सखुवा प्रसौनी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट युवा नेता शिव कुमार साहले संभावित उम्मेदवारीको दावेदारी दिनु भएको छ । साह सम्भावित गाउँपालिका अध्यक्ष बन्ने बिषय अहिले चर्चामा छ । गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुको पदको लागि इच्छुक रहेका नेताहरूको नामावली तयारी भईरहेको छ र आफ्नो नेतृत्वमा जनताको विचमा भेटधाट, ब्यापक छलफल, संगठन निर्माण तथा चुनावी चहलपहलमा व्यस्त रहेका छौ साहले भने |

वर्षौ देखि मधेशी समुदाय उपर हुँदै आएको विभेदबाट आजित भईसकेका मधेशीलाई भेद्भावबाट उन्मुक्ति दिलाउने सोचका साथ मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनु पर्ने उनको मनमा लागि रहेको थियो । तत्कालिन सदभावना पार्टीबाट सदस्यता लिई सदभावना निकट बिधार्थी मंचको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य हुदै क्षेत्रीय अध्यक्षको भूमिका निर्वाह गर्दै राजपा नेपाल, समाजवादी पार्टी हुदै जसपा नेपाल सम्म सक्रिय राजनीतिमा भूमिका निर्वाह गरिरहेका छन् |

[the_ad id=”1337″]

पार्टीमा सक्रियता र योगदानकै आधारमा उनलाई समाजवादी युवा संघको मधेश प्रदेश समिति सदस्यको जिम्मेवारी दिईएको छ । विभेदकारी संविधान ल्याईएको भन्दै विभिन्न मधेशवादी दलहरुद्वारा गरिएको ६ महिने आन्दोलनमा समेत युवाहरुलाई एकत्रित गरेर आन्दोलनमा होमिएका थिए र प्रहरीको लाठीचार्ज एवं गिर्फतारिको सिकार पनि भएका थिए । मधेशीहरुको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा युवाहरुको नेतृत्व गर्दै सक्रिय रुपमा सडकमा उत्रिएका थिए ।

वि. सं. २०५१ बैशाख २७ गते जन्मिनु भएका शिव कुमार साहको बुवा साबिक गा.बि.स. लखनपुर वडा नं. २ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका ६ नं. वडा लखनपुर बस्ने रघुनाथ साह तेली र आमा शुशिला देभी तेलिन हुन् । साहको जन्म एउटा किसानको घरमा भएको थियो । बाल्यकाल देखि नै समाजसेवाको संगसंगै पढाईमा समेत ध्यान केन्द्रिय गरेका साहले जीवनमा धेरै उतार चढावलाई पार गर्दै बि. ए. मानविकी एवं समाज शास्त्रमा अध्ययन गर्न सफल भएका छन् ।

असल व्यक्तित्व, चरित्रवान तथा इमान्दारीताकै कारण जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्षको रुपमा कार्यरत रहेका छन भने उनी जिल्ला किसान समन्वय समिति पर्साका अध्यक्ष पदमा समेत कार्य गरिरहेका छन् । सामाजिक सेवाको भावले आफनो निजि लगानीबाट कोभिड-१९ प्रभावित अति बिपन्न १५४ परिवारलाई खाध्यान, तरकारी र सरसफाईको लागि साबुन, मास्क आदि बितरण संगै कुलो सरसफाई, बाटो मर्मत, बिधुत मर्मत, रक्तदान कार्यक्रम एवं बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेका हुन् |

असल नेतृत्व तथा स्वच्छ छबि भएका नेताको रुपमा आफ्नो व्यक्तित्व बनाउन सफल भएका साहले भने “पार्टीले मलाई चुनावको लागि टिकट दियो भने म जिम्मेवारी बहन गर्न त्यार छु, जनताको माया, स्नेह र आशिर्वादले आफु इमान्दारी पूर्वक चुनावी प्रतिस्पर्धामा लागेर जितको साथै जन सेवकको रुपमा काम गर्न तयार रहेको छु ।” युवा नेता साह भन्छन लामो समयदेखी पार्टी र समाजका लागी संघर्ष गर्दै आइरहेको छु । म गाउँ बनाउन चाहन्छु र कुनै पनि हालतमा चुनाव लड्ने बताए । पार्टीले मुल्यांकन गर्दै जिम्मेवारी दिएपछि त्यसलाई निस्वार्थ भावले निर्वाह गर्ने उनको अठोट छ ।

[the_ad id=”1347″]

सालिन एवं सहयोगी सेवाभावका व्यक्ति साह संघ संगठन बाहेक आफ्नो राजनीतिक जिम्मेवारी पनि पुर्ण रुपमा पछिल्लो निर्वाचनमा सफल पारेका छन । पछिल्लो पटक २०७२ सालको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो पदीय दायित्व पुरा गर्दै तात्कालिन राजपा नेपाल, संघीय समाजवादी फोरम नेपालबाट गठबन्धनका उम्मेदवारहरुलाई भारी मतले जिताउने साह सफल व्यक्तित्व हुन । उनी भन्छन दिनरातको अथक मेहनत र लगनशीलताले पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य सखुवा प्रसौनी गाउँपालिकाको प्रमुख, उप-प्रमुख, वडाध्यक्ष र वडा सदस्य भारी मतले जिताउन सफल भयौं ।

जसपाले तपाईलाई नै प्रमुखको टिकट दिन्छन भन्ने कतिको विश्वस हुनु हुन्छ भन्ने जिज्ञासामा साह भन्छन: बिभिन्न बैठक एवं सम्मेलनमा पार्टीका नेताहरु भन्ने गर्नु हुन्छ कि आउदो चूनावमा जनप्रतिनिधिहरुको कार्य सम्पादन मुल्यांकन गरि टिकट दिईने छ | जो मुल्यांकनमा फेल हुन्छ त्यसलाई पार्टीको संगठनमा काम गर्ने अवसर प्रदान गरिन्छ र जो हामि जस्ता पढेलेखेका, पार्टीका नीतिनियम बुझेका, सहिदको बलिदानीका कदर गर्ने र जान भावना बुझेका, मधेस आनदोलन, राजनीतक, संगठनिक एवं सामाजिक कार्यमा सक्रिय छ त्यस्ता नेता कार्यकर्ताहरुलाई आगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा टिकट दिनेछ, उम्मेदवार बनाउनेछ र जिताउने पार्टीको धारणा रहेको युवा नेता साहले बताए |

एकपटक जिम्मेवारी पाई सकेका साथीले अब वहा संगठनमा काम गर्नु हुन्छ र पार्टी भित्र खासै त्यस्तो अन्य उम्मेदवारको प्रत्यक्ष रुपमा दाबेदारी नभएकोले मलाई नै टिकट भेटछ भन्ने विश्वस्त छु । टिकट भेटेपनि निर्वाचन जित्न सक्नु हुन्छ भन्ने प्रसंगमा उनी भन्छन : जसले आफ्नो बलबूता र लगनशीलताले अरु उम्मेदवारलाई जिताउन सक्छ भने आफू जित्न अझै मेहनत गर्नेछु र जनताको विश्वास जितेर निश्चित नै जित्नेछु । उनले भने जसरी अन्य संघ संगठनको जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेको छु त्यसरी नै पालिका प्रमुख पदको जिम्मेवारी पुरा गर्नेछु । आफू जितेपछि शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा काम गर्ने छु |

सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा सखुवा प्रसौनी गाउँपालिकाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय