Trending

शहीदको सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध रहेको छ –महेन्द्रबहादुर शाही

760Views
0 Shares


काठमाडौं । भदौ ४ गते
प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको कर्णाली प्रदेशका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । आज प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्।

शाहीले भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन माओवादी अग्रसर रहेको जिकिर गरेका छन् । कर्णालीबासीले आफ्नो प्रदेश प्राप्तिका लागि वलिदानीपूर्ण संघर्ष गर्नुपरेको उनले बताएका छन् ।
हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश कायम गरिएको विरोध तथा प्रदेश बासीका लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना शहीदहरुको बलिदानी पश्चात नै कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय