विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो –प्रकाशशरण महत
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । फागुन १ गते
मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको नेपाली काँग्रेसका प्रवक्ता डा ।प्रकाशशरण महतले बताउनु भएको छ । उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग रहेको जनाउँदै काम गर्दा नेपालले आफ्नै हिसाबले गर्न पाउने र नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित विदेश नीति कायम गरेर एउटै मापदण्डअनुसार सम्बन्ध कायम गर्ने जिकिर गर्नु भएको छ ।
त्यस्तै उहाँले फरक प्रसङ्गमा काँग्रेससँग बहुमत नभएकै कारण देशले विकास पाउन नसकेको जनाउनु भएको छ । उहाँले आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन आग्रह समेत गर्नु भएको छ । उहाँले विधि, कानुन र संविधानको सर्वोच्चता मान्ने पार्टी कांग्रेस नै हो ।”
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि