• Home
  • Uncategorized
  • वनस्पतिको संरक्षण समृद्धिको आधार ः मुख्यमन्त्री राउत
Image

वनस्पतिको संरक्षण समृद्धिको आधार ः मुख्यमन्त्री राउत


जनकपुरधाम, चैत २९ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताउनु भएको छ ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताउनु भएको हो ।
नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइ रहेको उल्लेख गर्नु हुँदै उहाँले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताउनु भयो ।
धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे प्रकाश पार्नु भएको थियो ।
धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को जनाइएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन समेत गर्नु भएको थियो ।

Related Posts

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni ५ घण्टा अगाडि

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ५ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *