Image

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌, ७ असार । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने १९ वर्षीय गगन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीकाे दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा ९ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत राज्य बिहार जिल्ला अररिया पिपरा पञ्चायत-६ बिसनपुर टोल बस्ने २२ वर्षीय दिपेश यादव र भारत राज्य बिहार जिल्ला अररिया मझवा पश्‍चिम पञ्चायत-३ ईन्द्रपुर रानीगन्ज टोल बस्ने २० वर्षीय अभिषेक यादव रहेका छन् । प्रहरी पोष्‍ट दुहबीबाट खटिएको प्रहरीले को.१ ख ७८७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय हेम सिंह साउदलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतिहारी-४ बस्ने १७ वर्षीय किशोर  र बारा ईटयाही गाउँपालिका-१२ बस्ने १४ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८६८८ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माइक्रोबसमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ९ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni १० महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *