Trending

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनको जित

790Views
0 Shares

काठमाडौं । जेठ ११ गते
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले पुनः जित हासिल गरेका छन् । उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले हराउन सफल भएका हुन् । ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याएका छन् भने व्यञ्जनकारले २४ हजार ५६० मात्र मत ल्याएका छन् ।

यसअघिको स्थानीय निर्वाचनमा पनि व्यञ्जनकार महर्जनसँग पराजित भएका थिए । त्यो बेलामा महर्जनले ३२६ मात्र मत अन्तरले हराएका थिए । उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएकी छन् । उनले सत्ता गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई छ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गर्दा बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरिन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय