Trending

लमजुङको बेंसीशहरमा तीज उत्सव हुने

775Views
0 Shares


काठमाडौं । भदौ ४ गते
हरितालिका तीजको अवसरमा लमजुङको बेंसीशहरमा १७औँ तीज उत्सव कार्यक्रम २०७९ हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ तीज उत्सव आयोजना गर्न लागेको हो । क्लवले शनिबार बेंसीसहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उत्सवबारे जानकारी गराएको हो ।

क्लबका अध्यक्ष जुन तामाङले हरेक वर्ष क्लबले विविध साँस्कृतिक कार्यक्रम साथै खेलकुद प्रतियोगिता सञ्चालन गदै आएकोमा यस वर्ष पनि तीज उत्सव गर्ने बताए ।

उनका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७ वटा उपसमितिहरु गठन गरिएको छ । कार्यक्रमका लागि करिव ८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीसहरस्थित फुलबारी मञ्चमा हुनेछ ।

उत्सवको अवसरमा भदौ ९, १० र ११ गते फुलबारी मञ्चमा सातौ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यबाहक अध्यक्ष बिजयकुमार श्रेष्ठले बताए । क्लबले खेलकुद प्रतियोगितासगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार दुई समुहलाई १०र१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कोरोनाका कारण दुई बर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक सञ्चालन गर्न लागिएको हो । उत्सवले खेलकुदको विकास, सस्कृतिको संरक्षण युवा शसक्तिकरण लागुऔषध दुर्व्यसनी र समाजलाई सकारात्मक बाटो तर्फ अगाडि बढाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय