रोल्पामा अटो दुर्घटना, एक जनाको मृत्यु, तीन जना घाइते
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । जेठ ११ गते
मंगलबार साँझ रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। करबि ६ बजेतिर रोल्पा नगरपालिका वडा नम्बर २ सिमलबाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्बरको अटो अनियन्त्रित भएर सडकदेखि झन्डै ५० मिटर तल खसेको थियो।
अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जना गम्भीर रहेको छ भने दुई जना उपचारपछि घर फर्केका छन्।रोल्पा नगरपालिका वडा नम्बर ७ का करिब ५२ वर्षीय जानसिंह पुनलाई थप उपचारको लागि बुटवल पठाइएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि