Trending

रोमानियामा ‘वर एण्ड वधू’को छायांकन धमाधम हुँदै

825Views
0 Shares

काठमाडौं । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै रोमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा गरिने बताए । रोमान्टिक कमेडी कथामा निर्माण भइरहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा बनिरहेको हो । फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् ।

निर्देशक चाम्सले रोमानियामा फिल्मको छायांकन उत्कृष्ट तरिकाले गरिएको र दर्शकले फरक स्वादको कथा हेर्न पाउने दाबी गरे । सुदिप बरालको छायांकन रहेको फिल्मको प्रदर्शन मिति हालसम्म तोकिएको छैन ।रोमानियाको टेलिभिजनले यो फिल्मको सुटिङलाई प्राथमिकताका साथ प्रसारण गरेको थियो । फिल्मका कलाकार र निर्देशकले रोमानिया टेलिभिजनमा अन्तर्वार्तासमेत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय