Trending

रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापितः यूनिसेफ

790Views
0 Shares

किभ, १३ चैत

२४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा युक्रेनका आधाभन्दा बढी बालबालिका विस्थापित भएका छन् । ‘युक्रेनमा एक महिनादेखि जारी युद्धले ४३ लाख बालबालिका विस्थापित भएका हुन । यो संख्या देशको अनुमानित ७५ लाख बालबालिकाको आधाभन्दा बढी हो’, राष्ट्रसंघीय बाल कोष यूनिसेफले भनेको छ ।

त्यस्तै, युद्धका कारण विस्थापित १ करोड मानिसमध्ये आधाभन्दा बढी बालबालिका छन् । युद्धका कारण १८ लाखभन्दा बढी मानिस शरणार्थीको रुपमा विभिन्न देशमा पुगेका छन् भने अरु २५ लाख मानिस युद्धग्रस्त देशभित्रै विस्थापित भएका छन् ।

यूनिसेफ प्रमुख क्याथरिन रसेलले भनिन्, ‘युद्धले दोस्रो विश्वयुद्धपछि सबैभन्दा छिटो बालबालिकाको ठूलो संख्यामा विस्थापित  गरेको छ । ‘यो एउटा डरलाग्दो संकेत हो, जसले आउने पुस्ताका लागि दीर्घकालीन परिणामहरू निम्त्याउन सक्छ,’ उनले चेतावनी दिइन् ।

यसैबीच, रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय