राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षकमा हुमागाईं

1.6kViews
0 Shares

काठमाडौं, २६ साउन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले  बताएका छन् ।

कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् ।

नेपालले अर्को महिना बंगलादेशसंग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो । 

हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए  । त्यस अघि उनीसँग शीर्ष डिभिजन क्लब थ्री स्टारमा काम गरेको अनुभव छ । हाल उनी अमेरिकामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय