रामायणमा रणवीर र आलिया राम-सीता
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
मुम्बई, २५ जेठ । फिल्म निर्माता तथा निर्देशक नितेश तिवारीको प्रतिक्षित फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट राम र सीताको भूमिकामा देखिने भएका छन् । यसअघि यो फिल्ममा सीताको चरित्रमा साउथ अभिनेत्री सई पल्लवीको नाम चर्चामा थियो । तर, अब यो चरित्रमा भने आलिया फाइनल भएकी छन् ।
फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको चरित्रमा देखिनेछन् । निर्माताले आगामी डिसेम्बर २०२३ सम्ममा सुटिङ सुरु हुनेछ । आगामी दीपावलीमा फिल्मको घोषणा हुने निर्माण पक्षले जनाएको छ । केही साताअघि मात्र अभिनेता रणवीरले फिल्मको प्रगतिको बारेमा बुझ्न डीएनईजीको कार्यालय पुगेका थिए ।
फिल्मको प्रि-भिजुअलाइजेसनको काम पूरा भइसकेको छ । अहिले निर्माण टिमले रणवीरको रामको भूमिकाका लागि लुक टेस्ट गरिरहेको छ । रामको भूमिका लागि लुक्स फाइनल भएपछि उनी फिजिकल ट्रान्सफर्मेसनमा व्यस्त हुनेछन् ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि