मोरङमा विभिन्न हातहतियार सहित एक जना पक्राउ

1.0kViews
0 Shares

मोरङ, ६ भदौ 

सुनवर्षी नगरपालिका–८ खडेबारीबाट विभिन्न हातहतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट अटोमेटिक चाईनिज पेस्तोल एक थान, म्याग्जिन एक थान, ७.०५ एमएम राउण्ड एक थान र सिक्सर पेस्तोल एक थान बरामद भएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो । 

थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका–६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका–८ डाम्राभिट्टाबाट पक्राउ गरेको छ । 

उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय