Trending

मेलौली नगरपालिकाका टोलहरुमा बिद्युत विस्तार सुचारु हुँदै

770Views
0 Shares

काठमाडौं । चैत २६ गते
बैतडीको मेलौली नगरपालिकाका गाउँटोलहरुमा विद्युतसेवा सुचारु हुन थालेको छ । यसअघि सलेना बजार आसपासका क्षेत्रमा मात्रै विद्युत सुचारु भएकोमा शुक्रबार लिखोडामा समेत टान्सफर्मर राखिएसंगै गाउँटोलहरुमा विद्युत सेवा सुचारु भएको हो ।

गाउँमा विद्युत सुचारु भएसँगै अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको स्थानीयबासी मान बहादुर चन्दले बताए । विद्युत पुगेकाले बत्ती बाल्नुका साथै मोबाईल चार्ज गर्न, टिभि तथा कम्युटर चलाउन सहज हुने उनले बताए । गाउँमा विद्युत विस्तार भएसंगै नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय पाटनका प्रमुख पुष्पराज भट्ट तथा ठेकेदार दिनेश कुमार लामिछाने र भरतसिंह ओलीलाई स्थानियबासीले फुलमालाले सम्मान गरेका छन् । मेलौली केही टोलहरुमा विद्युत विस्तारको ठेक्का आफ्नो कम्पनीले पाएकोमा जिम्मेवारी पुरा गरेको ठेकेदार लामिछानेले बताए । सलेनाका सबैभन्दा बढी बस्ती रहेका गाउँहरु लोर्खा र भोरामा ५सय मिटर तार अभावका कारण विद्युत सेवा सुचारु हुन सकेको छैन् । पोल गाडिएका उक्त टोलहरुका लागि पटक पटक तारको माग गरे पनि नपाएको मेलौली २का वडाअध्यक्ष महेन्द्र चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय