• Home
  • प्रदेश नं २
  • मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुन: प्रहीको नियन्त्रणमा
Image

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुन: प्रहीको नियन्त्रणमा

जनकपुरधाम : मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले विरगंजबाट पुनः नियन्त्रणमा लिएको छ ।

रौतहट साविक नरकटिया गा।वि।स वडा नम्बर २ घर भई हाल बसाइँ सराइ गरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने १९ वर्षीय सम्साद मियाँलाई प्रहरीले नियनत्रणमा एिको हो

मियाँले २०७६ भदौ २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेका थिए ।

घटना लगतै नियन्त्रणमा परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।

कोभिड–१९ को पहिलो लहरको प्रकोपका कारण २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो । चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।
तर फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए । उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् ।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *