Trending

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल हुँदै

905Views
0 Shares

काठमाडौं । असार २२ गते
‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ । आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो ।

आयोजकका अनुसार प्रतियोगितामा १६ देखि २१ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् । एसईई तथा प्लस टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापना सहयोग पु¥याउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको शीर्ष विजेताले आगामी अक्टोबर १० मा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछन् । यसबाहेक विजेताले द ब्रिटिस कलेजमा २० लाख रुपैंयासम्मको छात्रवृत्ति, आयोजकका तर्फबाट एक लाख रुपैंयाँ प्राप्त गर्नेछन् ।त्यस्तै, फस्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिस कलेजबाट १५ लाखसम्मको छात्रवृत्ति तथा सहभागीले पहिलो वर्ष अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।

प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलोन बस्नेत, सलिनमान बनिया, मोडल पुजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायत छन् । अडिसन जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुनेछ ।फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्री डाईरेक्टर साहिल खानले यो केवल प्रतियोगिता नभई एक अवसर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय