Image

मधेश प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

१८ पुस, काठमाडौं 

 मधेश प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथपछि आज दिउँसो १ बजेको लागि पहिलो अधिवेशन बैठक प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रमुखले बैठक आहृवान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिए ।

सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुख मिश्रले अधिवेशन आह्वान गरेको पत्र प्रदेश सभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार नयाँ प्रदेश सभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने, प्रदेश सभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिने, प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए । शनिबार बसेको सर्वदलीय बैठकमा प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने निर्णय गरेको थियो ।

कानुनी व्यवस्था अनुसार प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

चितवन, २८ असाेज । प्रहरीले १३६ किलो ५०० ग्राम गाँजासहित चितवनकाे भरतपुर महानगरपालिका-२९, जुगेडीबाट ट्रक र चालकलाई नियन्त्रणमा…

ByByanjana soni १ हप्ता अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १ हप्ता अगाडि

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति शेरबहादुर थापा/न्यूज कारखाना सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *