भारतमा ओमिक्रोन संक्रमितको संख्या तिव्र रुपमा फैलिदै,एकै दिन ९६ जनामा संक्रमणको पुष्टि
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष १९ गते
भारतमा नयाँ ओमिक्रोन संक्रमितको संख्या तिव्र रुपमा फैलि रहेको छ । पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन् भने कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ।
जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ।यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना ओमिक्रोनका नयाँ संक्रिमत फेला परेका छन्।
यस्तै राजस्थानमा ६९, तेलंगानामा ६७, हरियाणामा ६३, कर्नाटकमा ६४, आन्ध्र प्रदेशमा १७, पश्चिम बंगालमा २०, उडिशामा १४, मध्य प्रदेशमा ९, उत्तर प्रदेश र उत्तराखण्डमा ८(८, चण्डीगढ र जम्मू(कश्मीरमा ३,३, गोवा, हिमाञ्चल प्रदेश, लद्दाख, मणिपुर र पञ्जाबमा एक(एक संक्रमित फेला परेका छन्।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि