Trending

बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको जित्यो उपाधि

920Views
0 Shares

काठमाडौं, २५ चैत

झम्सिखेल युथ क्लबलाई २-१ अन्तरले पराजित गर्दै बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ५४औं मिनेटमा भीष्मराज घिमिरेले गरेको गोलबाट बाँसबारीले अग्रता बनाएको थियो । ६१औं मिनेटमा बिक्की राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर पारे । खेलको ७९औं मिनेटमा सुवासराज गोलेले झम्सिखेलको तर्फबाट सान्त्वना गोल गरे ।

जितसँगै बाँसबारीले १३ खेलबाट १९ अंक जोडेको छ । यस्तै, पुछारमा रहँदै लिगको अन्त्य गरेको झम्सिखेलले समान खेलबाट नौ अंक जोडेको छ । झम्सिखेल यसअघि नै तेस्रो डिभिजनमा घटुवा भइसकेको छ । १८ फागुनदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुने प्रावधान छ ।

दुई खेलअघि नै चर्च ब्वाईज क्लब शीर्षस्थानमा रहँदै ए डिभिजन लिगमा बढुवा भइसकेका छन् । दोस्रो टोलीको रूपमा खुमलटार युथ क्लब र रानीपोखरी कर्नर टिम आरसिटी शीर्ष डिभिजन लिगमा बढुवा हुने संघारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय