Trending

प्रदेश २ सरकारका प्रवक्ता मन्त्री साह नियुक्त

835Views
0 Shares

जनकपुरधाम, २२ असोज ।
प्रदेश २ सरकारले अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई सरकारका प्रवक्ता नियुक्त गरेको छ । शुक्रबार बसोको मन्त्रिपरिषद् बैठकले मन्त्री साहलाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी(जसपा) नेपालका तर्फबाट प्रदेश २ सरकारमा सामेल मन्त्री साह प्रदेश सरकार गठन भएकै बेला भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए । केही समयअघि उनलाई विभागीय दायित्व परिवर्तन गरी अर्थमन्त्री बनाइएको थियो ।
यसअघि सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहँदै आएका थिए । तर, जसपा नेतृत्वको संयुक्त सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित भएपछि सरकारको प्रवक्ता पदसम्बन्धी निर्णय गरिएको थिएन ।
मन्त्री साह विभिन्न आन्दोलन र विद्रोहबाट राजनीतिमा स्थापित भ
एका व्यक्ति हुन् । उनी कुशल संगठक हुनुका साथै प्रखर र तार्किक नेता पनि मानिन्छ ।
प्रदेश सरकारका कामकाजबारे जानकारी प्रवाह गर्ने र सरकारको प्रतिरक्षामा मन्त्री साह सबैभन्दा उपयुक्त हुने ठहर गरेर मन्त्रिपरिषद्ले उनलाई सरकारका प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय