प्रकाश सपुतको नयाँ गीतले क्रान्तिका पीडा दर्शाएको छ,गीतका सर्जकलाई किन धम्काउने –बाबुराम भट्टराई
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । फागुन २९ गते
प्रकाश सपुतको नयाँ गीत पिर मा आपत्ति मान्नुपर्ने कुरा नभएको जसपा नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताउनु भएको छ । उहाँले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको भट्टराईको भनाई छ । पूर्वप्रधानमन्त्री भट्टराईले गीतले जनयुद्धको विरोध नगरेको जिकिर गर्नु भएको छ ।

गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उहाँले उल्लेख गर्नु भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी लगायतले भने प्रकाश सपुतको उक्त गीत युट्युवबाट हटाउनुपर्ने बताइरहेका छन्।माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ।
गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा पाएको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।चुनाव नजिकिएको बेला माओवादीको विरोध गरेको भनेर केहीले यसको आलोचना गरेका छन् भने केहीले भने यसले राम्रो कथा र सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।
माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक दम्पति देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।गीतमा प्रकाशको नै शब्द र संगीत छ। भिडिओको कथा तथा निर्देशन पनि प्रकाशले नै गरेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु( त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयुद्धको विरोध गरेको छैन,’ ट्वीट गर्दै बाबुरामले भनेका छन्। ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो,’ उनले भनेका छन्, ‘गीतका सर्जकलाई किन धम्काउनेरु’
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि