Trending

पोखरामा एमालेले मेयरको टिकट खोसेको पौडेलको वडा पनि गुमायो

985Views
0 Shares

काठमाडौं । जेठ १० गते
यसपालि एमाले एकजुट छैनन् । कारण एउटा मात्रै छैन । एमाले कास्कीमा अहिले चरम गुटबन्दी छ । त्यसको सिकार एउटै चुनावमा दुई उम्मेद्वार भए । मनोनयन अघि दीपक पौडेललाई टिकट दिएपछि एमालेका खगराज अधिकारी मार्काले उनको सुन चोरीको भिडियो छताछुल्ल बनाए । त्यही भिडियोले केन्द्रीय नेतृत्वले पौडेलको टिकट खोसिदियो र खगराज समूहकै भनिएका कृष्ण थापालाई टिकट थमायो ।पौडेल पृथ्वीसुब्बा गुरुङ गुटको मानिन्छन् ।

मनोनयन अघिसम्म माहोल राम्रै बनाएका थापालाई पार्टी भित्रैबाट झेल हुन थाल्यो । भित्रभित्र पार्टीकै नेताहरु फरक कित्तामा उभिएको आरोप प्रत्यारोप छ । उनलाई पिएस गुरुङ मार्काका नेताहरुले असहयोग गरेको बताइन्छ । त्यसो त, अहिले आइरहेका वडा हेर्दा पनि केही हदसम्म पुष्टी हुन्छ । टिकट खोसिएपछि पौडेल पनि चुप बसे, थापाको प्रचारमा हिडेनन् ।

पोखरामा एमालेले २०७४ मा जितेका अधिकांश वडा गुमाइसकेको छ । ११ वडा मात्रै जितेको कांग्रेसले २० वडा पु¥यायो । एमाले २२ बाट झरेर ९ वडामा सीमित छ । केही वडाको गन्न अझै बाँकी छ । रोचक कुरा के छ भने, एमालेले आफ्नो पकड ९किल्ला० दावी गरेका वडाहरु धमाधम गुमाइरहेको छ । एमालेबाट मेयरकै उम्मेद्वार कृष्ण थापाको वडामा अध्यक्ष कांग्रेसले जितेको छ ।

अघिल्लो चुनावमा २ सय ६५ मतान्तरले वडाध्यक्ष सहित प्यानलै चुनाव जितेको एमालेले अहिले १ सय ४८ मतान्तरले अध्यक्ष चुनाव हा¥यो । उम्मेद्वार मात्रै होइन, उम्मेद्वारी खोसिएका मेयरको वडामा पनि चुनाव एमालेले हार्यो । अघिल्लो पटक ४ सय ६३ मतान्तरले प्यानल चुनाव जितेकोमा यसपालि ५१ मतान्तले वडाध्यक्ष कांग्रेसले जित्यो ।

अर्को महत्वपूर्ण वडा हो ३१ । पुर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य खगराज अधिकारीको वडामा यसपालि एमाले पराजीत भयो । यसअघि ५ सय मतान्तरले एमाले उम्मेद्वार विजयी भएका यो वडामा अहिले १ सय ६१ मतान्तरले कांग्रेस विजयी भयो । यि वडाहरुको रिजल्टबाट थाहा हुन्छ, कि एमालेभित्र चरम अन्तरविरोधको अवस्था छ ।

मेयरको टिकट खोसिएका पौडेलको वडाबाट मेयरका उम्मेद्वार कृष्ण थापाले पनि कम मत पाएका छन् । थापाले २ हजार २ सय ६८ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले २ हजार ३ सय ५४ मत पाए । उपमेयरमा भने एमालेकै उम्मे्दवारले लिड गरिन् । एमालेकी मञ्जुदेवी गुरूङले २ हजार ६ सय मत पाउँदा कांग्रेसकी कोपिला रानाभाटले २ हजार ५ सय ५ मत पाएकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय