Trending

पार्टीभित्र एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न सकिदैन– रामचन्द्र पौडेल

900Views
0 Shares

काठमाडौं । फागुन २४ गते
पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले डुम्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेकाले पार्टीलाई सशक्त र एकजुट बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाँले कांग्रेस एकजुट भए मात्रै विपक्षीसँग प्रतिस्पर्धा गर्न सकिने बताउँदै र्टीभित्र भएका असमझदारीलाई हटाउँदै एकता कायम गर्नुपर्ने जिकिर गर्नु भएको थियो ।

उहाँले एकता नै नभए विपक्षीसँग प्रतिस्पर्धा गर्न नसकिने बताउनु भएको छ । वरिष्ठ नेता पौडेलले जनताको सेवालाई मूल धर्म सम्झिएर कार्यकर्ता गाउँगाउँ पुगेर कांग्रेसको प्रचार गर्नुपर्ने बताउनु भएको थियो । उहाँले अहिले रहेको चार दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । वरिष्ठ नेता पौडेलले समावेशी संविधानका लागि एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा पुग्ने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय