Trending

पत्रकार रत्नकृष्णको नेपाल पर्यटन बोर्डमा बिस्का जात्राको फोटो प्रदर्शनी हुदैँ

675Views
0 Shares

भक्तपुर, २० चैत

फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले भक्तपुरको मध्यपुर थिमिको बिस्केट जात्रासम्बन्धी खिचेका संकलित फोटोहरुको एकल प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा २२ देखि २४ चैतसम्म तीन दिन फोटो प्रदर्शनी हुने भएको हो ।
प्रदर्शनीमा पत्रकार श्रेष्ठले खिचेका ७० तस्बिर समावेश हुने छन् । मध्यपुर थिमिका स्थानीय बासिन्दाले मनाउने गरिएको बिस्का जात्रासम्बन्धी फोटो प्रदर्शनी हुने भएको हो ।
पत्रकार श्रेष्ठका अनुसार उपत्यकामा मनाइँदै आएका विभिन्न जात्राहरू अहिले आएर लोप भएका  छन् । त्यस्ता जात्रा र संस्कृति लोप हुन नदिन जात्रामा खिचिएका ७० वटा फोटो प्रदर्शनीमा राखिने जनाइएको हो ।
भक्तपुरको बिस्का जात्रा मध्यपुर थिमीमा मनाइने सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा प्रमुख मानिन्छ । यसबाहेक पनि यहाँं अनेक जात्राहरू हुन्छन् । तर ती जात्राहरू क्रमशः लोप हुन थालेका छन् । फोटो प्रदर्शनीले जात्रा हेर्न आउनेहरूको संख्यामा वृृद्धि हुने उनको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय