Trending

नेकपा एमाले र लोसपावीच बीरगंजमा चुनावी तालमेल ,एमालेको तर्फबाट मेयरका उम्मेदवार सरावगी

700Views
0 Shares

बीरगंज ८ बैशाख : बीरगंज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी वीच चुनावी तालमेल भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर गरेर वीरगञ्ज महानगरपालिकामा चुनाव लड्ने घोषणा गरेका छन ।

सहमतीका बिषय दुबै दलले बीरगंजको होटेल भिषूवामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनीक गरेका हुन ।

तालमेल अनुसार महानगरको प्रमुखको उम्मेदवार नेकपा एमालेले र उपप्रमुखको उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीले पाउनेगरि दुबै दलले सहमती गरेका छन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा दुवै पार्टीले मेयरदेखि वडास्तरसम्म गठबन्धन गरेर चुनाव लड्ने जनाएका छन् । वडाको उम्मेदवारी आपसी सहमतीमा गरिने दुबै पार्टीले जारी गरेको संयुक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

महानगरवासीको हरेक दुस्ख र सुखमा सहभागी हुँदै आएका यी दुई पार्टीले सथानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा एमाले र उप९प्रमुखमा लोसपा नेपालको नेतृत्व गर्ने कुरा संयुक्त रुपमा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्न उद्देश्यले गठबन्धन गरिएको दुवै पार्टीको भनाई छ ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य एवं सह इन्चार्ज पुरुषोत्तम पौडेल नेकपा एमालेको तर्फबाट बीरगंज महानगरका प्रस्तावित मेयरका उम्मेदवार बिजय कुमार सरावगी , लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण, बिमल श्रीवास्तव , लोसपा पर्साका इन्चार्ज रमेश पटेल नेता प्रहलाद गिरी संबिधान सभाका सदस्य बिचारी यादव नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा ,राजकुमार गुप्ता, अरविन्द कुमार सिंह शशी कपुर मिया, रामचन्द्र पंडित , नवराज शर्मा नेपाल बुद्धिजीवी परिषद पर्साका अध्यक्ष शम्भू गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको यियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय