Trending

देशभर आजदेखि १८ वैशाखसम्म टाइफाइडविरुद्ध खोप अभियान

800Views
0 Shares

बाजुरा, २५ चैत

बाजुरामा ४ वैशाखदेखि ८ वैशाखसम्म टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशभर आजदेखि १८ वैशाखसम्म खोप अभियान सञ्चालनमा आए पनि  बाजुरामा ढिलाेगरी अभियान सुरु हुने भएकाे हाे ।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दायकृष्ण पन्तका अनुसार खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको छ ।

बाजुरामा १५ महिनादेखि १५ वर्ष सम्मका ५९ हजार ३८ जना बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।  नेपालमा पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।

खोप केन्द्र स्वास्थ्य संस्था र विद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयंसेवक परिचालन हुने जनाइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय