‘दर्पण छाँया २’का अभिनेता-अभिनेत्रीले गरे टिकाटालो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडाैं, ६ असार । ‘दर्पण छाँया २’का नायक नायिकाले इन्गेजमेन्ट गरेका छन् ।
साे पफिल्मबाट डेब्यू गरेकी अभिनेत्री साहारा कार्की तथा अभिनेता फिरोज तिमिल्सिनाले हालै इन्गेजमेन्ट गरेका हुन्। पारिवारिक समाराेहका बिचमा उनीहरुले हालै अमेरिकामा टिकाटालो गरेका हुन्।
अबकाे केही दिनमा नै उनीहरुको पारिवारिक समारोहका बीच विवाह हुने जनाइएको छ। तर, बिबाहकाे मिति भने सार्बजनिक गरिएकाे छैन् ।
तुलसी घिमिरेले निर्देशित ‘दर्पण छाँया २’ बक्सअफिसमा असफल भएको थियो।
फिरोजले ‘नेपाल आइडल’मा निर्माताको रुपमा समेत काम गरिसकेका अभिनेता हुने भने ‘द भ्वाइस अफ नेपाल’मा मुख्य सहायक निर्देशककाे जिम्मेवारीसमेत सम्हालेका थिए ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि