Trending

त्रिविका परीक्षा नियमित रूपमा चल्ने

880Views
0 Shares

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने भएको छ। त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने भएको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५ गतेसम्मको परीक्षा सुचारु रूपमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।

विश्वविद्यालयमा हाल वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। साउन २८ गतेसम्म परीक्षा सकिने छ।

स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा लिइएको हो। यसका साथै स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षा कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

कतिपय परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकोले परीक्षा सञ्चालनका लागि सीसीएमसीले स्वीकृति दिएको जानकारी नियन्त्रक जोशीले दिए।

विज्ञान र शिक्षा शास्त्र सङ्कायको परीक्षा भने पूरा भएको छ। व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा कार्यक्रम साउन २२ गते सकिएको छ।

धेरै विद्यार्थी सहभागी हुने स्नातक तह प्रथम वर्षको परीक्षा सकिएको र अब न्यून विद्यार्थी अध्ययन गर्ने सङ्काय र विषयको परीक्षा कार्यक्रम मात्रै बाँकी रहेको जनाइएको छ। यो अवस्थामा परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षासमेतको मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न विश्वविद्यालयलाई अनुमति दिएको जनाइएको छ। आजको गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय