ट्रिपरले ठक्कर दिदाँ हेटौडामा स्कुटी चालकको मृत्यु

1.6kViews
0 Shares

हेटौडा, १० असार । हेटौडामा ट्रिपरले ठक्कर दिदाँ एक स्कुटर चालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

समाचार अनुसार बाग्मती प्रदेश०३–००१ ख ८५१ नम्बरको टिपरले भैसेबाट हेटौंडा आउँदै गरेको बाग्मती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उनलाइ हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उनकाे मृत्यु भएकाे हाे । 

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय