जेल गएको सात दिन मै अछाममा कैदीको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ ८ गते
बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ ।जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौंमा उनी जेल चलान भएका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि