जीतपुर–सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकियो,९७७ मत खस्यो
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार १२ गते
जीतपुर–सीमरा नगर उद्योग वाणिज्य संघको निर्वाचन सकिएको छ । वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा नौ सय ७७ मत खसेको छ ।जीतपुरस्थित संघको भवनमा सम्पन्न निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८१ र एशोसियटतर्फ चार मत खसेको हो ।संघको वाणिज्यतर्फ एक हजार दुई सय १६, उद्योगतर्फ ८३ र एशोसियटतर्फ ६ गरी कुल एक हजार तीन सय पाँच मतदाता थिए । कुल मतको ७४.८७ प्रतिशत मत खसेको हो ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केही समयपछि सुरु गर्ने तयारी निर्वाचन मण्डलले गरेको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दबहादुर क्षेत्रीका अनुसार उम्मेदवार र प्रतिनिधिसंग बसेर छलफल गरी मतगणना सुरु गरिनेछ ।
संघको १९ सदस्यीय कार्यसमितिमध्ये निर्वाचनबाट वाणिज्य र उद्योगतर्फ गरी १६ जना निर्वाचित हुनेछन् । यसअघि संघको अध्यक्षमा मोहन शर्मा र उद्योगतर्फ सचिवमा मुकेशप्रसाद निर्विरोध निर्वाचित भइसकेका छन् भने एशोसियटतर्फको सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन् ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि