जनकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यू, स्थानीयद्धारा टिपरमा आगलागि
By YOUTV Nepal
५ वर्ष अगाडि
Comments: 0

जनकपुरधाम : जनकपुरमा टिपरले मोटसाइकल ठक्कर एकजनाको मृत्यू भएको छ । ठक्कर दिएर मृत्यु भएपछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् ।
प्रहरीका अनुसार ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी गरेको बताइएको छ ।
चौकको चौराहामा गलत बाटोबाट हिडेपछि टिपरले दासलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यू भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।
आगजनीबाट टिपर क्षतिग्रस्त बनेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि