छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । साउन २ गते
सुनसरी, बाँके र मकवानपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुनसरीको रामधुनी नगरपालिका–२ तित्रीवन चोकमा प्र.१–०१–००१ च ७६५० नम्बरको पिकअप र को.२ ह ७२९९ नम्बरको अटो आइतबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ३२ वर्षीय डम्बर कुमार दर्जी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको आइतबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–५ बिनौना बस्ने ५० वर्षीय बुचु थारु रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति घटनास्थलमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि