Image

गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

गोरखा, ८ असार । गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा  प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।

राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार सो जीपमा सवार घाइते १२ जनालाई भने आबुखैरेनी अस्पतालमा लगिएको छ ।

बिहेको लागि टिकोटालो गरेर फर्किने बितिक्कै केटा पक्षको जिप दुर्घटनामा परेको जनाइएकाे छ । बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर मात्रै अगाडी पुगे पछि सो जीप दुर्घटनामा परेको थियो ।

मृतककाे पहिचान खुल्न बाँकी छ ।  विस्तृत  विवरण अाउन बाँकी रहेकाे छ । 

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ९ महिना अगाडि

अब राष्ट्रिय परिचयपत्र भएकाले घरमै बसेर मतदाता परिचयपत्र बनाउन सकिन्छ

नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ।…

ByByanjana soni १० महिना अगाडि

बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन – अब एकै ठाउँबाट सम्पूर्ण IT सेवा र स्मार्ट ग्याजेट सुविधा !

  बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक…

ByByYOUTV Nepal १ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *