Image

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

पोखरा, ६ भदौ
गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।

समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ ।

यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी ११ भदौमा १५७औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्वअध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ ।

स्याङ्जाको अर्जुनचौपारीमा २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसंग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्वमहासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक स्रोता मन्त्रमुग्ध हुने गरेका छन् ।

यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल अथक, दीपक समीप, आरके अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।

Related Posts

“अनुभवी उद्घोषक तथा समाजसेवी विवेक खातीवडाको सञ्चार यात्राः दुई दशकको योगदान”

विवेक खातीवडा नेपालका एक चर्चित कार्यक्रम प्रस्तोता तथा समाजसेवी हुन्। सञ्चार क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका खातीवडाले…

ByByYOUTV Nepal १ वर्ष अगाडि

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथा

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।   कलात्मक पिट्टलको छाना राखेर…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *