Trending

कलैया उपमहानगरमा गठबन्धनलाई पछिपार्दै एमालेको जित

890Views
0 Shares

काठमाडौं । जेठ ७ गते
बाराको कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रमुख ,उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

०७९मा त्यसको गतिलो मतका साथ यादव उनको पार्टी कांग्रेससाग एमालेका जिल्ला अध्यक्ष समेत रहेका साहले बदला लिएका छन् ।यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन् ।

उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी छन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । उनी ९४९ ले पछाडि परेका छन् ।परिवन मुस्लिम समुदायकी गृहिणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय