Trending

आजदेखि ए डिभिजन लिगमा ११ औं चरणका खेल सुरु हुँदै

740Views
0 Shares

 

काठमाडौं । फगुन ३ गते
आजदेखि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको एघारौँ चरणका खेलहरु सुरु हुँदै छ।११ औं चरणको पहिलो दिन आज जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब तथा ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० र च्यासल युथ क्लब भिड्दैछन्। दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ। जावलाखेल र फ्रेन्ड्स ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भिड्नेछन् भने सोही समयमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बीबीसी र च्यासल खेल्नेछन्।

नवौँ चरणसम्मका खेलहरु दशरथ रंगशालामा खेलाएको एन्फाले बाँकी तीन चरणका खेल भने एन्फा मैदान र दशरथ रंगशालामा खेलाउँदै छ। ११ औं चरणमा त्रिभुवन आर्मी फुटबल क्लब र हिमालयन शेर्पा बुधबार एन्फा मैदानमा खेल्नेछन्। सोही दिन मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लब तथा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय