आजको राशिफल
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष १९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै नयाँ कार्यको थालनी हुन सक्छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुने योग रहेको छ भने भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज नयाँ कामको योजना बन्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै पुँजी बजारबाट सफलता मिल्ने तथा शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्नुका साथै यात्राको योग पनि छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै शत्रु र विपक्षी पराजित हुने तथा विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ पद र प्रतिष्ठा पाइने योग रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने तथा मन प्रसन्न र खुसी पनि रहनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लाभदायक यात्रा हुने योग रहेको छ भने नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्ने तथा शेयर बजार र व्यापार, व्यवसायबाट पनि लाभ मिल्नेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त सँग भेट घाट पनि हुनेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज यात्रा गर्दा सचेत हुनुपर्ने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा झन्झटिलो काम आइनपर्नुका साथै नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज विद्या र नयाँ ज्ञान बढ्नुका साथै आकस्मिक धन लाभ हुने योग रहेको छ भने दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउने योग रहेको छ भने शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि